नेपालको एकदिवसीय वरियता खस्कियो

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व वरियतामा नेपाल तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो । आईसीसीले शुक्रवार जारी गरेको वरियता अनुसार नेपाल एक दिवसीय वरियतामा १८औं स्थानमा छ । यसअघि नेपाल एक दिवसीयतर्फ १७औं स्थानमा रहेको थियो । १९ रेटिङ पाएको नेपाल अहिलेसम्मकै खराब वरियतामा झरेको हो । एक दिवसीयतर्फ सर्वाधिक उच्च वरियता १४ औं स्थान हो ।

एक दिवसीयमा इंगल्याण्ड शीर्ष स्थानमा रहेको छ । यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ । यस्तै, टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत छ । टी–ट्वान्टीतर्फ नेपाल १४औं स्थानमा रहेको छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १३:३५