सुर्खेतमा पनि प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन (हेर्नुस् भिडियोसहित)

kp oli

सुर्खेत, १ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अडानबाट पछि नहट्न आग्रह गर्दै सुर्खेतमा पनि युवाहरूले प्रदर्शन गरेका छन । आइतवार साँझ वीरेन्द्रनथगस्थित मंगलगढीचौकबाट युवाहरुले र्यालीसहित नगर परिक्रमा गरेका हुन् ।
‘बरु गोली खाइन्छ, केपी ओली चाहिन्छ’, ‘राजनीतिका लागि होइन सन्तानका लागि, ओलीका लागि होयन भोलीका लागी, कुर्सी बचाउन होइन देश बचाउनका लागि’, ‘आइ एम वीथ केपी ओली’ लगायतका नारा लगाउँदै उनीहरुले ओलीको समर्थनमा प्रदर्शन गरेका छन् ।
नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर नयाँ सरकार गठनमा लागेपछि देशभर ओलीको पक्षमा प्रदर्शन भइरहेका छन् ।