चिरञ्जीविको निर्देशनमा ‘घर–घरमा ग्यास’

ghar gharmaसधैं उखान टुक्का जोडेरै हरेक प्रश्नको जवाफ र योजना बताउने प्रधानमन्त्री केपी वली यतिबेला भने केही भावुक छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसको योजनामा उनि नेतृत्वको सरकार ढल्नै आँटेको बेला धेरै नेपाली युवाहरू यही सरकारको निरन्तरताको लागि सडकमा आएका छन् ।
उनले केही समय पहिले ग्यासको पाइप घर–घरमा पु¥याउने तथा हावाबाट बिजुली तथा नेपालमा रेल चलाउने योजना सुनाएपछि धेरैले उनको खिल्ली उडाएका थिए । त्यसका बाबजुद ओली अगाडि बढिरहेका थिए । ओलीका तिनै विविध योजनालाई लिएर यसपालीको तीजमा गीतहरू बनेका छन् । कति गीतका भिडियोमा उनकै नक्कल गरिएको छ । पहिले–पहिले गाईजात्रामा बनाइने यस्ता प्रकार गीतले यसपटक तीजलाई पनि छोडेका छैनन् ।
यतिबेला ‘घर–घरमा ग्यास’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । अरविन्द्र भट्टराईले लेखेको तथा सङ्गीत दिएको यस गीतमा अरविन्द्र र तुलसी घर्तीले गाएका छन् । भिडियोमा अरविन्द्र आफै केपी वली बनेका छन् भने बिमलीको उपनामले परिचित सुशीलाले साथ दिएकी छिन् । भिडियोलाई सुर्खेतका कलाकार चिरञ्जीवि सापकोटाले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक सापकोटाको अभिनय समेत रहेको छ ।

प्रकाशित मितिः   १ श्रावण २०७३, शनिबार १०:२८