महिला जेसीजमा शाक्य

सुर्खेत : सुर्खेत महिला जेसीज वर्ष २०२० का लागि अध्यक्षमा प्रमी शाक्य चयन भएकी छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न सुर्खेत महिला जेसीजको नवौं वार्षिक साधारणसभाले वर्ष २०२० का लागि शाक्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

त्यस्तै सभाले कार्यकारिणी उपाध्यक्षमा क्रमशः लक्ष्मी गुरुङ्ग र पवित्रा गुरुङ्गलाई तथा उपाध्यक्षमा क्रमशः रञ्जना बुढा (रञ्जु), मीना गुरुङ्ग, सीता भण्डारी र गंगा रोकायलाई चयन गरेको वर्ष २०१९ का अध्यक्ष सीया कार्की प्रधान (लक्ष्मी)ले जानकारी दिइन् । नवनिर्वाचित अध्यक्ष शाक्यले आफ्नो कार्यकालमा युवा पुस्ताको व्यक्तित्व विकासका लागि ‘महिलालाई अधिकार देउ, देश अघि बढाउ’ भन्ने नारालाई अगाडि लिएर विभिन्न कार्यहरू गर्ने बताइन् ।

प्रकाशित मितिः   २२ मंसिर २०७६, आईतवार ०९:११