शिविरमार्फत परिचय–पत्र वितरण
सुर्खेत : लेकवेशी नगरपालिकाले शिविर आयोजना गरेको अपाङ्गता परिचय–पत्र वितरण गरेको छ । शनिवार लेकवेशीको वडा नं. ६ देखि १० सम्मका अपाङ्गता भएका नागरिकहरूलाई परिचय–पत्र वितरण गरिएको हो । नगर प्रमुख गगनसिं सुनारले वडा नं. ६ कि तिलसरी दमिनीलाई पूर्ण अशक्तता अपाङ्गताको प्रमाण–पत्र दिइ शिविरको उद्घाटन गरेका थिए । शिविर उद्घाटन गर्दै सुनारले लेकवेशी नगरपालिकाका अपाङ्गता भएका सबै नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्न नगरपालिकाले परिचय–पत्र वितरण कार्यविधि २०७६ पारित गरेको जानकारी दिए । सोही कार्यविधि अनुसार शिविर सञ्चालन गरिएको उनले बताए ।
शिविरमा लेकवेशी नगरपालिकाका वडा नं. ६ देखि १० अन्तर्गतका ‘क’ वर्गका २६ जना, ‘ख’ वर्गका ५० जना, ‘ग’ वर्गका ३८ जना, ‘घ’ वर्गका ५८ जनालाई परिचय–पत्र वितरण गरिएको अपाङ्गता परिचय–पत्र वितरण समन्वय समितिका संयोजक तथा नगर उप–प्रमुख शान्तीकुमारी छन्तेलले जानकारी दिइन् ।
प्रकाशित मितिः २२ मंसिर २०७६, आईतवार ०९:०९
साझा बिसौनी ।