जातीय भेद्भावविरुद्ध ऐक्यबद्धता

सुर्खेत  : बराहताल गाउँपालिकाका सरोकारवालाहरूले जातीय भेद्भाव तथा छुवाछुतविरुद्ध ऐक्यबद्धता जनाएका छन् । मानवअधिकार दिवसको सन्दर्भमा साझा आवाज कार्यक्रमले आयोजना गरेको ऐक्यबद्धता ¥यालीमा सहभागी सरोकारवालाहरूले यस्तो ऐक्यबद्धता जनाएका हुन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले सञ्चालन गरेको साझा आवाज परियोजनाले बिहीवार बराहताल गाउँपालिका वडा नं. ६ सँगको समन्वयमा ¥यालीको आयोजना गरेको थियो । ¥यालीपछि कोणसभामा बोल्दै वडा अध्यक्ष खगेन्द्रदेव गिरीले जातीय भेद्भाव तथा छुवाछुत अन्त्य गर्नका लागि योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताए । ‘जातीय भेद्भाव, छुवाछुत, छाउपडी जस्ता कु–संस्कार सामाजिक अपराध हुन्’, उनले भने, ‘यस्ता गलत संस्कारहरू हटाउनका लागि वडा कार्यालयले कुनै कसर बाँकी राख्दैनौं ।’

त्यस्तै साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर विश्वकर्माले जातीय भेद्भाव तथा छुवाछुतको कार्य मानवअधिकार हनन् भएकाले यस्तो गरिएमा सहेर नबस्न सुझाव दिए । बराहताल गाउँपालिकास्तरीय मानवअधिकार पैरवी सञ्जालका संयोजक कर्ण वि.क.ले जातीय भेद्भाव तथा छुवाछुत न्यूनीकरण हुँदै गएको भए पनि अझैसम्म उन्मूलन हुन नसकेको बताए । यसलाई उन्मूलन गर्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रमहरू ल्याउनुपर्ने माग गरे । कार्यक्रममा वडा सदस्यहरू मानवअधिकार पैरवी सञ्जालका सदस्यहरू, आमा समूह, तथा विभिन्न अगुवाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २१ मंसिर २०७६, शनिबार ०९:३५