पुरस्कार वितरण आज

सुर्खेत : कर्णाली साहित्य समाजले स्थापना गरेको पुरस्कार तथा सम्मान आज (शनिवार) वितरण हुँदैछ । समाजले २०७५ सालमा प्रकाशित भएका साहित्यिक कृतिहरूमध्ये महेश थापाको कथाकृति ‘मरीचिका’ लाई नगद ५० हजार राशीको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ प्रदान गर्दैछ । यसैगरी आख्यानकार बुद्धिसागरलाई २५ हजार नगद राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ भने कवि श्यामल अधिकारीलाई ताम्रपत्रसहितको ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गर्न लागिएको छ । संस्थाका संरक्षक महेशविक्रम शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो ।

प्रकाशित मितिः   २१ मंसिर २०७६, शनिबार ०९:३०