उपेक्षामा स्वास्थ्य स्वयम्सेविका

सुर्खेत : वीरेन्द्रनगर–६ सुर्खेतकी जानकी थापाले महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्न थालेको २५ वर्ष भयो । यो दुई दशक लामो समय उनले गाउँटोलका नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन उल्लेख्य भूमिका निर्वाह गरिन् । तर दिनरात सेवामा खटिए पनि राज्यबाट भने त्यसको मूल्यांकन नभएको गुनासो उनको छ ।

थापाले वि.सं. २०५१ सालदेखि स्वयम्सेवी भएर काम गर्न थालेकी हुन् । लामो समयसम्म स्वयम्सेवा गरेकाले अब सरकारले सेवा सुविधा पनि दिनुपर्ने उनको माग छ । दिनरात खटिए पनि काम अनुुसारको सेवा सुविधा नपाएको थापाले बताइन् । बिहीवार वीरेन्द्रनगरमा १६औँ महिला स्वास्थ्य स्वंसेविका दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले राज्यले महिला स्वास्थ्य स्वंमसेविकाको सही मूल्याङ्कन नगरेको गुनासो गरिन् । निःशुुल्क रूपमा आफूहरूले काम गरे पनि काम गरे अनुसारको राज्यले सेवा सुविधा नतोकेको उनको भनाइ छ । ‘यति धेरै वर्षसम्म हामीले निःशुुल्क काम ग¥यौँ । राज्यले महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्न ६० वर्ष उमेरहद राखेको छ । अब अवकाश हुँदा केही रकम दिएर खुुशीका साथ बिदाइ गरोस् भन्ने अपेक्षा छ’ उनले भनिन् ।

वीरेन्द्रनगर–९ की तुुलसी शाहीले पनि राज्यले आफूहरूका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए राम्रो हुने बताउँछिन् । जीवनको झण्डै २७ वर्ष स्वयम्सेविकाको रूपमा काम गरेकी उनले बिरामी हुँदा राज्यले औषधि उपचारको निःशुल्क व्यवस्था गरिदिन माग गरिन् । अहिले महिला स्वास्थ्य स्वयम्सेविकाले भिटामिन खुुवाउने दिन र अन्य कार्यक्रम परेपछि दिनको पाँच सय रूपैयाँ पाउँछन् । वार्षिक पोशाक भत्ता भनेर साढे सात हजारबाहेक अरु केही नपाएको शाहीको भनाइ छ । ‘अरु कर्मचारीले अवकाश हुने बेलामा पेन्सन पाउँछन्’ उनले भनिन्, ‘तर हामीले आफ्नो उपचार पनि गर्न सकेका छैनौँ । हामीलाई जाने बेलामा औषधि उपचार खर्च दिए राम्रो हुुन्थ्यो ।’

वीरेन्द्रनगर–९ कै तारा रास्कोटी सरकारी कर्मचारीले भन्दा बढी खटेर काम गरे पनि राज्यले कुुनै चासो नदिएको दुखेसो गर्छिन् । उनले स्वयम्सेविका भएर काम गरेको २५ वर्ष भयो । सरकारले कामको मूल्याङ्कन नगरेको गुनासो उनको पनि छ । तारा, तुलसी र जानकीको मात्र होइन सुर्खेतमा रहेका नौ सय ८७ जना महिला स्वास्थ्य स्वयम्सेविकाको गुनासो उस्तै छ । दिनरात नभनि काम गरे पनि राज्यले अहिलेसम्म आफूहरूका लागि खासै केही नगरेको उनीहरू बताउँछन् ।

भिटामिन खाने, खोप लगाउनेदेखि लिएर सबै स्वास्थ्य सम्बन्धी काममा नागरिकले सबै भन्दा पहिले महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्झछन् । कोही बिरामी भयो कि, भिटाभिन खान छुट्याएकी भनेर उनीहरू घरदैलो समेत गर्छन् । गर्भवती तथा सुत्केरीलाई भेट्ने, शिशुुको स्वास्थ्य अवस्थाको बारेमा बुुझ्ने र स्वास्थ्य संस्थासम्म पुु¥याउने काम पनि गर्दै आएका छन् । तर खाजा र दिनको पाँचसय भत्ता बाहेक अरु केही नपाएको भन्दै उनीहरूले सरकारसँग विगतदेखि नै गुनासो गर्दै आएका छन् । साथै उनीहरूले धेरै नभएपनि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने माग गरेका छन् ।