२५ वर्षमुनीकालाई मदिरा सेवनमा रोक

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले मदिरा बेचबिखन र सेवनमा रोक लागाएको छ । २५ वर्षसम्मका युवायुवतीलाई गाउँपालिकाले मदिरा बेचबिखन तथा सेवनमा रोक लगाएको हो । जुम्लाको बजारक्षेत्र भन्दा अत्याधिक मदिरा सेवन बढेका कारण विभिन्न हिंसात्मक गतिविधि बढेको भन्दै पातारासी गाउँपालिकाले प्रतिबन्ध लगाएको हो । मदिाराका कारण सबैभन्दा बढी महिला तथा बालबालिका हिंसामा पर्ने गरेका छन् । लंैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला गाउँपालिकाले युवायुवतीलाई मदिरामा प्रतिबन्ध लगाएको हो । उक्त अभियानको अवसरमा गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवाहरूलाई सचेतनामूलक कार्यक्रम गर्न लगाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले हरेक युवा जिम्मेवार बनुन् भन्ने उद्देश्यका साथ मदिरा प्रतिबन्ध गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘कुलतका कारण युवायुवतीहरू गलत बाटोमा लागेका तनाम उदाहरण छन् । जसका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगायौं ।’ पालिकाले २५ वर्षमुनीका युवायुवतीले मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भइसकेको छ । यो निर्णयलाई बेवास्ता गरी कोही कसैले सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवाना र कानुनी उपचारको लागि पहल गरिने चेतावनी गाउँपालिकाले दिएको छ । समाजमा हुने बालविवाह र बहुविवाह अन्त्य गर्ने लक्ष्यमा सरकार लागिपरेको भन्दै अध्यक्ष बोहोराले सबै प्रगतिको कारक तŒव मदिरा भएकोमा जोड दिएका छन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७६, बिहीबार ०९:१२