साना किसान सहकारीको साधारणसभा

सुर्खेत : साना किसान कृषि तथा सहकारी संस्था उत्तरगंगाको २३औं वार्षिक साधारणसभा बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष चाँदनी ढकालले आर्थिक वर्ष २०७५÷०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४२ करोड ६० लाख ६२ हजार कारोबार गरेको जानकारी दिइन् । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ को लागि ५१ करोड २३ लाख बराबरको प्रस्तावित बजेट समेत प्रस्तुत गरेकी थिइन् ।

कोषाध्यक्ष धनसरा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सरकारीले कृषि तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने बताइन् । साथै कृषि ऋणमा सहुलियत ब्याजदरमा ऋण परिचालन गरिएको समेत जानकारी दिइन् । त्यसैगरी प्रजनन् बीऊ, उन्नत बीऊ, कृषि औजार, बेमौसमी तरकारी उत्पादनमा प्रोत्साहन गर्नुका साथै सदस्यहरूको बीमा, सुत्केरी पोषण खर्च, दैवी प्रकोप राहत र औषधि उपचार राहत लगायतका कार्यक्रम पनि सञ्चालन गरेको कोषाध्यक्ष अधिकारीले जनाइन् ।

साधारणसभा संस्थाका अध्यक्ष ढकालको सभापतित्व एवम् कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १९ मंसिर २०७६, बिहीबार ०९:१०