फोनिज कर्णालीमा घर्ती

सुर्खेत : आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भुपेन्द्र घर्ती मगर चयन भएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधवार सम्पन्न प्रथम अधिवेशनले भुपेन्द्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा धर्मरत्न थापा र करिश्मा चौधरी, महासचिवमा सन्तोष घर्ती, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा राजेश कुमाल चयन भएका छन् । यस्तै सदस्यहरूमा नरजन तामाङ, बविकिशोर गुरुङ, दीपा गाहा मगर, महिला सदस्यमा मनकला बुढा मगर र खीमा गुरुङ्ग रहेका छन् भने अल्पसंख्यकबाट छफाल लामा सदस्य चयन भएका छन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७६, बिहीबार ०९:०९