२३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा छ । पहिलो दिन सोमवार १५ वटा स्वर्ण पदक जितेको नेपालले दोस्रो दिन मंगलवार थप आठ वटा स्वर्ण जितेको छ ।
मंगलवार नेपालले तेक्वान्दोबाट २, कराँतेबाट २, उसुबाट २, एथ्लेटिक्सबाट १ र ट्रायथलनबाट १ स्वर्ण गरी ८ स्वर्ण जितेको हो । योसँगै नेपालको स्वर्ण संख्या २३ पुगेको छ । नेपालले दुई दिनमा सबैभन्दा धेरै तेक्वान्दो र कराँतेमा नौ÷नौ स्वर्ण जितेको छ । २३ स्वर्ण, सात रजत र ११ कास्य गरेर ४१ पदकसहित नेपाल शीर्ष स्थानमा हुँदा ११ स्वर्ण, १२ रजत र ६ रजत जितेर भारत दोस्रो स्थानमा छ ।
प्रकाशित मितिः १८ मंसिर २०७६, बुधबार ०९:१६
साझा बिसौनी ।