पोख्रेल परिवारलाई एक लाख सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० असार ।
नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले आफ्ना साधारण सदस्य स्वर्गीय कमलप्रसाद पोखे्रलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । स्व. पोख्रेलको १३ औं दिनको पूण्यतिथिमा बिहीवार श्रद्धाञ्जली कार्यक्रम गरी समाजका अध्यक्ष यामबहादुर बिसीले पोखे्रलका दाजु लक्ष्मणप्रसाद पोख्रेललाई एक लाख आर्थिक सहयोग प्रदान गरे ।
कार्यक्रममा संघका अध्यक्ष बिसीसहित पूर्व अध्यक्ष विनोद कोइराला, निवर्तमान अध्यक्ष जनकबहादुर रावल, वरिष्ठ उपाध्यक्ष राजविन्द्रप्रताप सापकोटा, सचिव खगेन्द्रविक्रम राणालगायतले स्व. पोखे्रलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रकाशित मितिः   ३१ असार २०७३, शुक्रबार १०:१६