पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं : सोमवार मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ मंसिरदेखि नयाँ मूल्य पठाएसँगै मूल्य समायोजन गरेको नेपाल आयल निमगले जनाएको छ ।

भारतबाट मूल्य बढेर आएकाले नेपाल आयल निगमले पनि पेट्रोल, डिजल र मट्टितेलमा साविकको मूल्यमा प्रति लिटर दुई रूपैयाँ वृद्धि गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय नौ रूपैयाँ (काठमाडौंमा) कायम गरिएको छ । यस्तै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रूपैयाँ कायम गरिएको छ ।