खार्पुनाथमा नेकपाकी शाही

हुम्ला : जिल्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की रूपा शाही निर्र्वाचित भएकी छन् । शनिवार भएको उप–निर्वाचनबाट शाही विजयी भएकी हुन् । रूपाले एक हजार चार सय ५४ मत ल्याई विजयी भएकी हुन् । उनकी प्रतिद्धन्द्धि नेपाली कांग्रेसकी तारा शाहीले एक हजार तीन सय ८५ मत प्राप्त गरेकी थिईन् ।

हुम्ला जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपबहादुर शाहीले १० मत मात्रै प्राप्त गरेका छन् । यस्तै सल्यान जिल्लाको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा पनि नेकपाकै धर्मे बुढाथोकी विजयी भइसकेका छन् । कर्णाली प्रदेशका दुई वटा स्थानीय तहमा उप–निर्वाचन भएको हो ।