माइक्रोबस दुर्३६नामा तीन जनाको मृत्यु

उदयराज अधिकारी,
दैलेख : दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रवार बिहान करिव ११ वजेर ४५ मिनेट जाँदा दैलेखको गुराँस गाउँपालिका–४ मुंग्रामा दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जनाको निधन हुनुका साथै १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए । मृत्यु हुनेमा दैलेख घर भइ बर्दिया सानोश्री–८ ताराताल बस्ने २९ वर्षीय नामबहादुर बढुवाल, उनकी श्रीमीत २७ वर्षीया कमला बढुवाल र वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ५७ वर्षीय थिरे कामी रहेको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा सुर्खेतको खजुरा बस्ने मंगले गुरुङ, मुकेश गुरुङ, दैलेख जिल्लाको दुल्लू नगरपालिका–१० बस्ने लक्ष्मी योगी, अभिशेक योगी, सुर्खेतको तातोपानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भिम परियार, सुर्खेतकै सुब्बाकुना बस्ने देवीप्रसाद सुवेदी, दैलेखको भगवतीमाई गाउँपालिका–३ बस्ने लक्ष्मीप्रसाद उपाध्याय रहेका छन् । त्यसैगरी सुर्खेतको धुलियाविट बस्ने चन्द्रकली सिगौडी, बाँकेको नौबस्ता बस्ने कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी, दैलेखको चामुण्डाविन्द्रासैनी–४ बस्ने लक्ष्मी रावत र दैलेखको नारायण नगरपालिका–४ बस्ने दिलबहादुर कटुवाल रहेका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक सुर्खेतको वीरेन्द्रनगर–१८ बस्ने २३ वर्षीय नरेश शाही पनि घाइते भएका छन् ।

प्रकाशित मितिः   १४ मंसिर २०७६, शनिबार १४:४४