न्यायमा पहुँच बढाउन पहल

सुर्खेत : सिमान्तकृत समुदायको न्यायमा पहुँच बढाउनको लागि सरकारी निकायदेखि संघ–संस्थाले समन्वय गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सिमान्तकृत समुदाय न्यायबाट टाढा रहने भएकोले उनीहरूको न्यायको लागि अघि बढ्नुपर्ने उनीहरूले बताएका छन् ।

ए टू जेड प्रोजेक्ट र यूएनडीपीको आर्थिक तथा प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित न्यायमा पहुँच विषयक कार्यक्रमको समीक्षामा सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रम संयोजक रमा प्याकुरेलले सिमान्तकृत जसको न्यायमा पहुँच छैन उनीहरूलाई मध्यनजर गरेर ६ महिना विभिन्न सचेतनामूलक कार्यक्रमका साथै पीडितको आवश्यकता अनुसारको न्यायको लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिइन् । कार्यक्रममा जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले पीडितलाई कानुनी सिद्धान्तका कुराहरू भन्दा पनि तत्कालको आवश्यकता प्रवाह गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय अदालतमा आउने मुद्दाको संख्या बढेको समेत उनले जानकारी दिए ।

प्रकाशित मितिः   १३ मंसिर २०७६, शुक्रबार ०९:१०