लैङ्गिक हिंसाविरु४ अभियान

सुर्खेत : महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान सोमवारदेखि सुरु भएको छ । अभियानको पहिलो दिन सुर्खेतमा सचेतनामूलक ¥याली आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको अगुवाइ तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूको समन्वयमा आयोजना गरिएको ¥याली मंगलगढीचोकबाट सुरु भएर बजार परिक्रमा गर्दै पिपलचौतामा गएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेश सरकारले महिला हिंसाविरुद्ध कार्यक्रम सञ्चालनका गर्नका लागि आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गरेको बताइन् । प्रदेश सरकारले गतवर्ष छोरी–बुहारी लक्षित कार्यक्रम सञ्चालन गरेको र यो वर्ष पनि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ जस्ता कार्यक्रम ल्याएको उनले जनाइन् । वीरेन्द्रनगरका उप–प्रमुख मोहनमाया ढकालले समाजमा महिलामाथि हिंसा बढ्दो रहेको बताउँदै महिलाका मुद्दाहरूमा राज्य जिम्मेवार हुनुपर्ने धारणा राखिन् । साथै उनले नगरपालिकाले महिलामाथि हुने हिंसाको निराकरण र क्षमता अभिवृद्धिका लागि काम गरिरहेको समेत जानकारी दिइन् । हिंसाविरुद्ध सरकारले पर्याप्त कानुन बनाएकोले त्यसको कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

त्यस्तै महिला नेतृ हरिमाया शर्माले महिलामाथि हुने हिंसाविरुद्धको अभियानले हिसां गर्नुहुन्न भन्ने सन्देश प्रवाह गरेको बताइन् । महिला हिंसा अन्त्यका लागि प्रत्येक घरबाट अभियानको सुरुवात गर्नुपर्ने उनको भनाइ छ । महिला अधिकारकर्मी पवित्रा शाहीले कर्णालीमा अझै पनि बलात्कार, बालविवाह, बोक्सीको आरोप र छाउपडी जस्ता कुप्रथा विद्यमान रहेकाले महिलामाथिको हिंसा बढ्दो रहेको जानकारी दिइन् । यसको न्यूनीकरणका लागि राज्यले पर्याप्त काम गर्न नसकेको उनको आरोप छ ।

अर्की अधिकारकर्मी मधुरानी ढकालले पहिलेको भन्दा केही परिवर्तन भएता पनि अझै धेरै महिलाहरू चुल्होचौकोमै सीमित रहेको बताइन् । हिंसाविरुद्ध कानुनहरू बने पनि कार्यन्वयन पक्ष भने फितलो भएको ढकालको जिकिर छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि विश्वभर अभियानको रूपमा यो दिवस मनाउने गरिएको हो । महिला हिंसाविरुद्धको अभियानको यो वर्षको नारा ‘समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यबद्धता’ रहेको छ । यसलाई विभिन्न कार्यक्रम गरी १६ दिनसम्म मनाउने गरिन्छ ।

प्रकाशित मितिः   १० मंसिर २०७६, मंगलवार ०९:०३