सुर्खेतमा ‘सचिन जिताऔं’ अभियान

सुर्खेत, १९ चैत ।
गोल्डेन स्टार मल्टिमिडिया प्रालिद्वारा आयोजित गोल्ड आईडल–२०७२ का लागि गायन विधामा प्रतिस्पर्धा गरिरहेका सचिन पोखरेललाई विजयी बनाउन सुर्खेतमा अभियान थालिएको छ । गायक पाखरेल स्वयम् सुर्खेत आएर ‘सचिन जिताऔँ’ अभियान सञ्चालन गरिरहेका छन् ।
शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त अभियानको बारेमा जानकारी दिइएको छ । नेपाल अधिराज्यभरीका ८ हजार प्रतिस्पर्धीबाट छानिएर प्रथम स्थानका लागि प्रतिस्पर्धा गरिरहेका सचिन सुर्खेतमा आफ्ना लागि भोट मागिरहेका छन् । दाङको तुल्सीपुर–६ निवासी सचिनले आज (शनिवार) बिहान वीरेन्द्रनगरस्थित मंगलगढीचौकमा आफ्नो प्रस्तुति समेत राख्दै छन् ।
सचिन मध्य तथा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी हुन् । उनलाई भोट गर्नका लागि मोबाइलमा जीआई टाईप गरी एक स्पेश दिइ ९००५ मा पठाउनुपर्नेछ । आफू गायनमा भविष्य खोजेर लागिरहेको भन्दै सचिनले भोटमार्फत् आफूलाई सहयोग गरीदिन सबैसँग आग्रह गरेका छन् । 

प्रकाशित मितिः   २० चैत्र २०७२, शनिबार ०६:२५