प्रलेसको सम्मेलन स्थगित

सुर्खेत, १९ चैत ।
प्रगतिशील लेखक सङ्घ सुर्खेतको १२ औं जिल्ला सम्मेलन स्थगित गरिएको छ । आज (शनिवार) हुने भनिएको जिल्ला सम्मेलन आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको जनाइएको छ । शुक्रवार बसेको सचिवालय समितिको बैठकले स्थगितको निर्णय गरको हो ।
निर्धारित समयमा सम्मेलनका गतिविधि सञ्चालन गर्न नसकिने ठहर गर्दै सचिवालयको बैठकले आगामी वैशाखभित्र सम्मेलन गर्नेगरी हाललाई स्थगित गर्ने निर्णय गरेको शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी सङ्घका सचिव जगत वाशिष्ठले जानकारी दिएका
छन् । संघले सदस्यता नवीकरण गर्न समेत सबै सदस्यहरूलाई आग्रह गरेको छ ।