कभर्डहलका लागि छलफल

बिसौनी संवाददाता
सुर्खेत, १९ चैत ।
सुविधासम्पन्न ब्याडमिन्टन कभर्डहल निर्माणका लागि छलफल गरिएको छ । सुर्खेत ब्याडमिन्टन संघको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा कभर्डहल निर्माणका लागि ठोस योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । 
सुर्खेतमा सुविधायुक्त कभर्डहलको आवश्यकता औंल्याउँदै यसको निर्माणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ । कार्यक्रममा कभर्ड हल निर्माणका लागि आवश्यक रकम सङ्कलनका लागि गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो । बालबालिका, युवादेखि वयस्कहरू समेत ब्याडमिन्टनमा आकर्षित भइरहेको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारी तथा निजी क्षेत्रको सहकार्यमा कभर्ड हल निर्माण गरिनुपर्ने बताएका थिए । 
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले कभर्डहल निर्माणका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले ब्याडमिन्टन स्वास्थ्यका दृष्टिले पनि महŒवपूर्ण खेल भएकाले यसलाई व्यवस्थित गर्न जरुरी रहेको बताए । सुर्खेतमा ब्याडमिन्टनको प्रशस्त सम्भावना भएर पनि कभर्ड हलको अभाव, ठोस कार्ययोजना नहुनु, राज्यले लगानी नगर्नु लगायतका कारण पछि परेको सहभागीहरूले बताएका थिए । कार्यक्रम सुर्खेत जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष छविलाल शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रकाशित मितिः   २० चैत्र २०७२, शनिबार ०६:३०