‘कालापानीबाट सेना फिर्ता लैजाऊ’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । हालसालै भारतले जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् । भारतीय नक्साको नेपालमा सबैले विरोध गरेका छन् र दुई साता अघि प्रधानमन्त्री ओली नै बोलाएको सर्वदलीय बैठकले भारतसँग उच्चस्तरमा वार्ता गर्न आग्रह गरेको थियो । तर पछिल्ला दिनहरूमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री किन मौन भन्ने प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको भन्दै असन्तुष्टी समेत जनाए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सवद्ध युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’ उनले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने भन्दै उच्छृंखल गतिविधि नगर्न समेत आग्रह गरे । ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ ।
प्रकाशित मितिः २ मंसिर २०७६, सोमबार ०९:४०
साझा बिसौनी ।