सप्तरङ्ग यात्रा सुर्खेतमा

सुर्खेत : सप्तरङ्ग यात्रा अन्तर्गत आज (बिहीवार) सुर्खेतमा कार्यक्रम हुँदैछ । राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सहभागितामा कार्यक्रम हुन लागेको हो । भ्रमण वष २०२० लाई प्रवद्र्घन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका लागि महानायक  राजेश हमालसहितको सात जना कलाकारहरूको टोली सुर्खेत आइपुगेको छ । जसमा हास्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, गायिका मेलीना राई, सुगम पोख्रेल र नेपाल आईडल रवि ओडलगायत छन् । नायक हमालले सांस्कृतिक कार्यक्रमले कला संस्कृतिका साथ–साथै पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए । गृष्मा ब्रोडकासिटङ्ग नेपालको आयोजनामा काफिया मिडिया सेन्टर सुर्खेतले कार्यक्रमको संयोजन गरेको हो ।