मन्त्री फेर्ने तयारी
काठमाडौं : प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल भएको छ । आइतवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको हो । केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । ‘चाँडै मन्त्रिपरिषद्मा हेरफेर हुँदैछ’, उच्च स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच पात्रका विषयमासमेत छलफल भएको छ ।’ स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनको स्थानमा प्रभु शाहलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ ।
प्रकाशित मितिः २५ कार्तिक २०७६, सोमबार ०९:१०
साझा बिसौनी ।