‘पढाइमा कहिल्यै असफल भइनँ’

सरस्वती पन्त

सरस्वती पन्त मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय अन्तर्गत प्रमाण–पत्र शाखामा मुख्य सहायक पदमा कार्यरत छिन् । वि.सं. २०३८ साउन ७ गते बुवा निलकण्ठ अधिकारी र आमा मायादेवी अधिकारीको सन्तानका रूपमा कास्कीमा जन्मिएकी उनी विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यमा समेत सक्रिय छिन् । साथै साहित्यमा पनि उत्तिकै रूचि राख्ने पन्तले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको कथा यसरी साटिन्ः

पोखराजस्तो रमणीय ठाउँमा बाल्यकाल बित्यो । सात भाइबहिनीमध्ये म माइली छोरी । हामी पाँच दिदीबहिनी र दुई दाजुभाइ । बुबाआमाले हामीलाई बाल्यकालमा पढाईमा जोड दिनुभयो । त्यसैले पहिलो प्राथमिकतामा पढाई नै भयो । कास्कीबाट हाम्रो परिवार बसाई सरेर बर्दिया आयो । म त्यस बेलामा कक्षा तीनमा पढ्दै थिएँ । नौं÷दश वर्षकी थिएँ होला । मैले भने पोखरामा नै बसेर पढ्ने भएँ । सानै उमेरदेखि मैले बुबाआमासँग भन्दा पनि अंकलको घरमा बसेर पढें । मैले कास्कीमै हिमालय माविमा पढेकी हुँ ।

बाल्यकालदेखि नै अलि खरो स्वभावको थिएँ । कुनै पनि विषयमा स्पष्ट बोल्ने, नडराउने र कसैले केही भन्यो भने तत्तकालै प्रतिकार गर्ने स्वभाव थियो  । पढाईबाहेक साथीभाइहरूसँग खेल्ने, रमाउने गरिन्थ्यो । अहिले पनि साथीभाइहरूसँग खेलेको सम्झना ताजा नै छ । हामीले त्यसबेलामा खेल्ने भनेको गोट्टा, डन्डीबियो, कपर्दी नै हो । मलाई पढाईबाहेक अतिरिक्त क्रियाकलापहरूमा अलि बढी सहभागि हुने रुचि थियो । कविता, वक्तृत्वकला, हाजिरिजवाफजस्ता विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा म बढी नै सहभागि हुन्थे । पुस्कार पनि जित्ने गथें ।

बाल्यकालमा केही नजानेर बदमासी पनि भएका छन् । एक पटक विद्यालय नजिकै बदम बारी थियो । दुई÷चार जना साथीहरू मिलेर बारीमा गएर बदाम खनेर घर लिएर गयौं । मलाई त कति ठूलो काम गरेको झै लाग्यो । कतिबेला घर पुगेर बदाम दिउँला भनेर छिटो घर गएँ । बुवालाई बदाम दिएँ । राम्रोसँग खानेसमेत नभएको बदामा देखेपछि बुवाले कहाँबाट ल्याएको भनेर सोध्नुभयो । मैले विद्यालय नजिककैको बारीबाट खनेर ल्याएको भनें । ठूलै काम गरेको छु भनेर खुशी हुँदै गएको त उल्टै बुवाले गाली गर्नुभयो । उहाँले गालिमात्र होइन जसको बदाम चोरेर ल्याएको हो पु¥याउन समेत लगाउनुभयो । मैले घरमै बदाम पु¥याइदिएँ । सायद बुवाले मैले गरेको त्यो गलत कामलाई संरक्षण गरेको भए मैले त्यस्ता धेरै गल्ति फेरी गर्थे होला । त्यसपछि गलत कामतिर ध्यान गएन । अहिले मेरो जीवनमा त्यो घटनाको प्रभाव छ ।

खेतिबारीमा काम गरेरपनि हामीलाई बुवाआमाले समय दिनुहुथ्यो । कपाल कोरिदिएर दुई चुल्ठी बाटेर बुवाले आफै विद्यालय पठाउनु हुन्थ्यो । सरसफाईमा धेरै ध्यान हुन्थ्यो उहाँको । हामीले विद्यालयमा सरफाईमा उत्कृष्ट नम्बर ल्याएर पुरस्कार पाएको पनि सम्झना छ । हाम्रा हरेक गतिविधिमा बुवाआमाको ध्यान हुन्थ्यो । दिउँसोको समयमा विद्यालय गएपनि फुर्सद र बिहान–साँझको समयमा हामी गोठालो जाने गथ्र्यौं । विदामाको समयमा विशेष गरेर खेतबारीमा बुवाआमालाई सघाउने काम हुन्थ्यो । असार र मंसिरको महिनामा अलि बढी विदा हुने र त्यस समयमा खेतबारीमा धेरै काम गर्नु पथ्र्यो । दिनभरी काम गरेर बुवाआमा सुत्नु हुन्थ्यो हामी रातिको समयमा पढ्नुपर्ने हुन्थ्यो । कहिलेकाँही पढ्न छोडेर सुत्ने दिन कहिले आउँलान भन्ने पनि लाग्थ्यो । फुर्सदको समयमा दाईहरू गोठालो जाँदा हामी पनि सँग–सँगै जाने र खेल्ने गथ्र्यौं । घर नजिकै खोला थियो । त्यहाँ पौडी खेल्ने, माछा मारेर पोलेर खाएको सम्झना अझै पनि आउँछ । एक पटक खोलामा पौडी खेल्दा पानीमा डुब्नै लागेको थिएँ । दाइले बचाउनुभयो । त्यस दिनदेखि पानीदेखि डर लाग्छ ।

बुवाआमासँग टाढा भएर बस्दा अप्ठेरो महसुस हुन्थ्यो  । त्यसबेलामा अहिलेको जस्तो सञ्चारको सहज पहुँच थिएन । चाडपर्व, विदाको समयमा बुवाआमासँग भने भेट हुने गथ्र्यो । कक्षा ८ सम्मको पढाई पोखरामा सकेपछि म बुवाआमासँगै बर्दिया आएँ । त्यहाँ आएर शारादा माध्यमिक विद्यालय मैनापोखरमा पढें । एसलएसली मैले सोही विद्यालयबाट दिएको हुँ । त्यो ठाउँ नौलो नभएपनि नयाँ साथीहरू हुँदा सुरूमा अलि असजह महसुस भएको थियो । तर म साथीभाईहरूसँग छिट्टै घुलमिल हुने भएकाले खासै समस्या भने भएन । बाल्यकालका केही साथीहरू पोखरामा छुट्दा भने नरमाइलो लाग्यो । बर्दियामा हामी पाँच जना साथीको राम्रो सम्बन्ध थियो । तीन जना शिक्षककै छोरी थिए । बाल्यकालमा गरिने साथले पनि धेरै फरक पार्ने रहेछ भन्ने लाग्छ । हामीले कहिलेपनि गलत बाटोमा गएनौं । हामीलाई पञ्चकन्या भनेर शिक्षक साथीहरूले बोलाउने गर्नुहुन्थ्यो । एक पटक शिक्षक कोठामा नआएपछि हामी किताबको झोला कक्षा कोठामा राखेर विद्यालय पछाडि गोट्टा खेल्दै थियौं । त्यसै समयमा हेडसर कक्षा कोठामा आउनु भएछ । उहाँले हाम्रो झोला अफिस कोठामा लिएर राख्नुभएको हामीले पछि मात्र थाहा पायौं । पछि कक्षा कोठामा आएपछि हामीलाई अफिस कोठामा बोलाउनुभयो र पिट्नुभयो । त्यस बेलामा हामी कक्षा १० मा पढ्दै थियौं । त्यसपछि हामीमा धेरै परिवर्तन आयो ।

बुबाआमाले आफू केही कामले जाँदा मलाई लिएर जानुहुन्थ्यो । मलाई यो बाठी छ भनेर आफ्नो साथमा हिडाउँने गर्नु हुन्थ्यो । आमाबुबासंगै हिड्दा संस्कार र व्यवहारिक कुराहरू सिक्ने अवसर हुने रहेछ । मैले जुन सानै उमेरदेखि उहाँसँग सिक्न पाएँ । एक पटक काठ काट्न हामी जंगल गएको बेलामा एकछिन हरायौँ । साँझ पर्न थालेपछि बाटो पहिल्याउनै समस्या भयो । बुवा पनि अलमल पर्नुभयो । मैले पछि हामी आउँदा सूर्य कतादेखिएका थिए याद गरेको थिएँ । त्यही कुरा मैले बुवालाई भनेपछि बुवाले पनि याद गर्नुभयो र हामी त्यसै दिशातर्फ लाग्यौं र घर पुग्न सफल भयौं ।

मेरो पढाई राम्रो थियो । औपचारिक शिक्षामा फेल भएको अहिलेसम्म अनुभव छैन । मलाई पढ्न धेरै जाँगर लाग्ने भएकाले पनि पढाईप्रति मेरो लगाव अझै पनि उस्तै छ । २०५३ सालमा एसएलसी गरेपछि मैले केही समय बोर्डिङमा पढाएँ । एसएलसीको नजिता आएपछि म महेन्द्रबहुमुखी क्याम्पस नेपालगञ्जमा पढेँ । पढ्दै थिएँ विवाह भयो । १५÷१६ वर्षकै उमेर विवाह भएपछि मेरो झण्डै १० बर्ष पढाई रोकियो । छोराछोरी हुर्काउन र घरव्यवहारले पढ्न पाइन । २०६३ सालमा वातावरण बहुउद्देश्यीय संस्थामा जागिर पाएपछि मैले पढाईलाई निरन्तरता दिएँ । त्यसबेलामा एक हजार पाँच सय तलब थियो । मैले पहिलो पटक बुझेको तलबले मैले कक्षा ११ मा अमरज्योति मावि नेवारेमा गएर नाम लेखाएँ । प्लस–टुदेखि स्नाकोत्तरसम्म मैले निरन्तर पास गरें । मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सामाजशास्त्रमा स्नातकोत्तर गरेको छुँ भने महेन्द्रबहुमुखी क्याम्पसबाट एलएलबी पनि गरेको छु ।

मैले घरव्यवहार, जागिर, पढाईसंगै सामाजिक कामहरूमा पनि सक्रिय छु । यसमा मेरो श्रीमान र सम्पूर्ण परिवारले साथले सफलता पाएकी हुँ । मानवअधिकारका लागि शान्ति समाज, वातावरण सुधार समाज, विभिन्न साहित्यक संघसंस्थामा आवद्ध छु । मध्यपश्चिम गजलमञ्च, साहित्यक समाज, लेखक संघलगायतका साहित्यतिक संघ–संस्थामा पनि आवद्ध छु । कविता र कथा संग्रहको किताब निकाल्ने सोच बनाएको छु । मैले धेरै जसो नारीबादी र समसमायिक कविताहरू लेख्ने गरेको छु ।

प्रकाशित मितिः   २५ कार्तिक २०७६, सोमबार ०९:०९