‘श्रम ऐन कार्यान्वयन प्रभावकारी भएन’

सुर्खेत : श्रम ऐन र सामाजिक सुरक्षा योजना कार्यान्वयन प्रभावकारी नभएको गुनासो श्रमिक अगुवाहरूले गरेका छन् । मर्यादित कामका लागि जिफन्ट अभियान २०७६ अन्तर्गत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेश संगठन कमिटीको आयोजनामा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भेलाका सहभागीहरूले यस्तो बताएका हुन् ।

जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज विदुर कार्कीले मर्यादित कामका चार खम्बा काम, ज्याला, कार्यथलो र सामाजिक सुरक्षाको बारेमा प्रशिक्षण दिएका थिए । कार्कीले टे«ड युनियन जहिले पनि मजदुर पक्षीय हुने हु“दा स्वतन्त्रता, श्रमिक आधारित र समाजवादी लक्ष्य राख्ने भएकोले ट्रेड युनियन आन्दोलन सफल हु“दै गएको उनको भनाइ थियो । सो अवसरमा टे«ड युनियन एकता प्रक्रिया र विद्यमान जिफन्ट अभियानका बारेमा समेत उनले सहभागीहरूलाई जानकारी गराएका थिए ।

जिफन्ट प्रदेश कमिटी, घटक यूनियनका प्रदेश कमिटी, पालिका कमिटी र इकाई कमिटी पदाधिकारी सम्मिलित भेलाको अध्यक्षता प्रदेश अध्यक्ष तेजप्रकाश जि.सी.ले गरेका थिए । अध्यक्ष जि.सी.ले युनियन व्यवस्थापन, परिचालन, श्रमिकको मुख्य अधिकार र युनियन गतिविधिबारे सहभागीहरूलाई जानकारी गराउ“दै आगामी दिनहरूमा संगठन कमिटीले श्रमिक ऐक्यबद्धताका लागि नया“ अभियान सञ्चालन गर्ने बताए ।

प्रकाशित मितिः   २४ कार्तिक २०७६, आईतवार १२:३३