कृषि बजार सरसफाइ

सुर्खेत : वीरेन्द्रनगरमा रहेको कृषि बजार परिसर सरसफाइ गरिएको छ । ‘आफैले फ्याँकेको फोहोरको जिम्मेवारी आफैले लिनुपर्ने’ बताउँदै व्यवसायीहरूले शुक्रवार कृषि बजार सरसफाइ गरेका हुन् । कृषि बजार व्यवस्थापन समितिको आयोजनामा वीरेन्द्रनगरमा रहेको कृषि बजार परिसरलगायत वरपर जोडिएका सडक सरसफाइ गरिएको समितिका अध्यक्ष प्रवल शाहीले जानकारी दिए ।

फलफूल र तरकारी पसलहरूबाट दैनिक ठूलो मात्रामा फोहोर उत्पादन हुने भएकाले सरसफाइ गरिएको उनले बताए ।
सरसफाइ कार्यक्रमलाई सुर्खेत तरकारी तथा फलफूल व्यवसायी संघले सहकार्य गरेको थियो । संघमा आवद्ध व्यवसायी तथा अन्य व्यवसायीहरूले संयुक्त रुपमा बजाारको सरसफाइ गरेका हुन् ।

प्रकाशित मितिः   २३ कार्तिक २०७६, शनिबार ०८:०४