‘सी‘ भ्रमणका उपलब्धि

                डा.दिपक गौतम

चिनियाँ राष्ट्रपति सी चिनफिङ यतिबेला विश्वकै शक्तिशाली विचारक बनेका छन् । झण्डै १४ बिलियन डलर कुल ग्राहस्थ उत्पादन बनाउन सफल सी को बेल्ट एण्ड रोड महापरियोजना ‘ड्रिम प्रोजेक्ट’ हो र नेपाल पनि यसको साझेदार राष्ट्र बनेको छ । चीनले विश्वको विचार, विकास र आर्थिक सफलतामा एक पक्षीय शक्तिशाली विश्वराज मार्ग कोरको छ भने भारतका समेत प्रमुख लगानीको स्रोत बनेको छ । त्यति मात्र होइन युरोपेली विकास मोडेललाई पनि आश्चर्यमा पारेको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमणले विश्वलाई नेपालतर्फ आकर्षित गर्यो । भण्डै २३ वर्ष यताको अति उच्चस्तरको सी भ्रमणले नेपालको अहिलेको समृद्धि यात्रालाई थप सम्भावनायुक्त भएको संकेत दिएको छ । एक–सीले भुपरिवेष्टित नेपाललाई भुजडित बन्न सघाउँछौं भन्ने प्रतिवद्धताले गहन अर्थ दिएका छन् । यस शब्दावलीले हिमालय सीमा पार पारवहन योजनाहरू बहुआयामिक सञ्जाल, सञ्जालका नाका राजमार्ग विकास, सुरक्षा विकास, योजना, शिक्षा जस्ता नेपाली आधारभूत समस्यालाइ बोकेको छ । केरूङ–काठमाडौं रेलमार्ग प्रमुख भूजडित नेपालको साधन बनेको छ । यो प्रस्तुत शब्दावली प्रतिवद्धता सी भ्रमणको नेपाली उपलव्धि मात्रै हैन, नेपाल पारवहन बिन्दुका रूपमा पनि निकै विकसित हुनसक्ने स्थिति हुनु पर्छ ।

राट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीनको सम्बन्धलाई सागर जस्तै गहिरो र सगरमाथा जस्तै उच्च बिम्व प्रयोग गरेर त्यसको प्रतिउत्तर दिइन् । गत साल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणले भारतिय पर्यटकहरूको आगमन बढेको थियो । सीको भ्रमणबाट सन् २०१९ को चिनियाँ पर्यटकको संख्या झण्डै एक लाख ३० हजारबाट बढेर अझ माथि पुग्न सक्छ । अबको केन्द्र पोखरा बन्न सक्छ । पर्यटक बढे किसान उत्पादित उत्पादनमा वृद्धि तथा व्यापारिक सञ्जाल विस्तार हुन सक्छ । र, भविस्यमा दिगो आर्थिक विकास हुन सक्छ ।

दुइ–उत्तर–पश्चिम नेपालको मात्र हैन विश्वकै प्राचिनतम रेसममार्गको जीवन्त प्रवाह कर्णाली दु्रतमार्ग भने नेपाल–चीन सम्झौतामा परेन । तर दुई देशले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा भने कर्णाली करिडोरलाई हल्का रूपमा भएपनि सम्बोधन भने गरिएको छ । अठार बुँदे सम्झौता र दुई प्रोटोकलमा पारिएका प्रमाणहरू उपलब्धिपूर्ण भए पनि पुरातनी, सनातनी र कर्मकाण्डी देखिएकाले विज्ञहरू पनि उत्साहित छैनन् । फेरि अर्काे महत्वपूर्ण कुरा भनेको नेपाली जनता आफै विकास निमार्णका अभियन्ता नभइन्जेल बाह्य चासोले समर्थन पाउन सक्दैन । त्यसैले तिर्खा लागेकाले नै खोला धाउनु पर्छ ।

पक्कै पनि सीमा व्यवस्थापनले झण्डै १५०० कि.मि. सीमा जोडिएको हिमाली नाका पारवाहन बिन्दुका सन्दर्भमा उपलब्धिका रूपमा लिन सकिन्छ । सहयोग अभिवृद्धि, आपराधिक मामिलामा आपसी कानुनको निर्माण, सगरमाथाको संरक्षण, पूर्वाधार विकासमा सहयोग सी भ्रमणको थप उपलब्धि भएपनि उत्तर–दक्षिण जोड्ने करिडोरहरू समझदारीपत्रमा अटाउन नसक्नु विडम्वना हो ।

तीन–ट्रान्सहिमालयन रेल–वेको सम्भाव्यता अध्ययन तिब्बतको चेन्दुमा नेपालको महावाणिज्य दूतावास खोल्ने, काठमाडौं–सियान शहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सहमति पनि नेपालका लागि उपलब्धि हुन् । तर यि सम्झौताहरू कार्यान्वयन भएनन् भने चाँही केवल कागजको खोस्टा सिवाय अरु केही हुने छैनन् । बुटवल–सियान भगिनी सम्बन्ध, परम्परागत औषधिमा सहकार्य भएपनि नेपाली परम्परागत औषधि निर्माण भन्दा चिनियाँ अकुपञ्चर प्रर्णाली नेपालमा स्थाति भइआएको विषयमा नेपाली पक्ष त्यति उत्साहित हुनुपर्ने देखिन्न ।

चार–प्रकोप जोखिम न्युनिकरण र आपतकालिन उद्दारमा सहकार्य गर्ने, महान्यायाधिवक्ता र सर्वोच्च अदालतबीच सहकार्य गर्ने, कन्फ्युसियस संस्था स्थापना गर्ने कुराले दर्शन न्यायको विकासमा योगदान पुग्न सक्छ । र किसानका तर्फबाट फूलहरू चीन निर्यात गर्ने समझदारीपत्रले नेपाली किसान चिनियाँ व्यापार सञ्जालमा जोडिन पुग्नेछन् । चीनसँगको नेपालको व्यापार घाटा धेरै छ । चीनले विश्वमा उत्पादित कार्वन उत्सर्जन गरेर विश्व वातावरणलाई ह्रास गरिरहेको छ । त्यस सन्दर्भमा चीनबाट कार्वन व्यापार गर्नु पथ्र्यो । त्यो भएन । प्रकोप प्रभावित हिमालवासी जनताको जीविकोपार्जनको सुगम, सहजता र पहुँच हुन नसक्नु सी भ्रमणबाट लिन नसकिएको लाभ हो । अप्राप्ती हो ।

नेपाली कांग्रेसका अधिकांश नेताले बीआरआईप्रति नकारात्मक प्रतिक्रिया दिइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाको दृढ समर्थनले अब बीआरआईको रणनीतिमा नेपाल जेलिने सम्भावना बढेर आयो । माल्दिभ्सको यस अघिको निर्वाचनमा भारतीय र चिनियाँ पक्षधरका राष्ट्रपति निर्वाचनमा भारतीय पक्षको विजयी भएका प्रतिक्रियाले नेपालजस्तो संवेदनशील राष्ट्रलाई त्यसले कस्तो प्रभाव पार्दछ गम्भीर विषय बनेको छ ।
पाँच–लगानी सहकार्य कार्यदल गठन, भूकम्प निगरानी नेटवर्क प्रोजेक्ट, सीमा सुरक्षा र कार्यालय उपकरण आदान प्रदान, काठमाडौंमा पानी आपूर्ती सम्भाव्यता अध्ययनहरूको सम्झौता पनि थप उपलब्धिपूर्ण नै मानिएका छन् । यसका अतिरिक्त सीको नेपालको आर्थिक विकासको सपनालाई सघाउँदै कार्यान्वयनमा प्रतिवद्ध रहने अभिव्यक्ति सकारात्मक थप प्राप्ती हो । सीको बीआरआईको सोचमा विश्वका ६५ प्रतिशत जनसंख्या एक तिहाई ग्राहस्त उत्पादन र एक चाथाई अन्तर्राष्ट्रिय व्यापार कभरेज गर्ने रणनीति छ । यसैगरी स्थल, सडक विकास, जल यातायात विकासको सार छ ।

छ–नेपालका अपूरा योजना पूरा गर्ने वचन पनि सकारात्मक भएपनि मेलम्चीजस्ता आयोजना र चिनियाँ ठेकेदारका बबई डाइभर्सन छोडेर अन्य योजनाले गति लिन नसक्दा भन्ने एउटा, गर्ने अर्को पनि हुनसक्छ । अर्कोतिर चीनको व्यापार विस्तारको गुह्य कुरा पनि हुनसक्छ । उत्तरी नाकाहरू खोल्ने बहुआयामिक कनेक्टिभीटी बढाउन, जलसमझदारी बढाउने, परम्परागत भनाईका फ्रेमवर्कभित्र भएपनि विश्वका आगामी २१ औं शताब्दिको सर्वोच्च विश्व शक्तिशाली देशको राष्ट्रपतिले लुम्बिनीलाई वुद्धको जन्मथलो भनेर विश्वको ध्यान आकर्षित गर्नुले आगामी वर्षमा वौद्धमार्थी चिनियाँ पर्यटक बढ्ने संकेत दिएको छ ।

सर्वोच्च व्यक्तिको भनाईमा महाशक्ति अडिएको हुन्छ । परम्परीत दृढ यिनै दौत्यसम्बन्ध छ । शान्ति, सहकार्य पनि थप सकारात्मक प्राप्तीहरू हुन् । २१औं शताब्दिको सुरुवात सँगसँगै विश्वको ठूलो आर्थिक शक्ति हुनै लागेको देशको राष्ट्रपतिको भनाई पक्कै पनि नकारात्मक हुन सक्दैन । अर्को थप उपलब्धिपूर्ण नेपालीपन के रह्यो भने राष्ट्रपतिले नेपाली परिकारको मेन्यु प्रयोग गरेर नेपाली संस्कृतिप्रति मोहित भए, खुशी भए, अति उच्च सम्मान र सुरक्षा पाए, एकी चीन नीतिको पुनर्बल पाए, पुरानो सम्झौताको स्मरण गरेर नेपालीको उत्पादकत्व वृद्धि गर्ने चिनियाँ लगानीको सम्भावना दिएर उनी बिदा भए । जुन नेपालको लागि महत्वपूर्ण उपलब्धि हो ।

प्रकाशित मितिः   २१ कार्तिक २०७६, बिहीबार ०९:३३