प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं : नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरूलाई सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिराहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णुप्रसाद प्रसाईं (प्रदेश ३), डडेल्धुराका गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई राष्ट्रपति भण्डारीले सोमवार प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मितिः   २० कार्तिक २०७६, बुधबार ०७:३४