ज्येष्ठ नागरिक संघमा दहाल

सुर्खेत : ज्येष्ठ नागरिक जिल्ला संघ, सुर्खेतको अध्यक्षमा कृष्णप्रसाद दहाल चयन भएका छन् । संघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले दहालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो ।

साधारणसभाबाट लक्ष्मी खड्का (ठाकुर) उपाध्यक्ष, चुडामणि चपाईं सचिव, कृष्णप्रसाद पौडेल कोषाध्यक्ष तथा सदस्यहरूमा गंगाबहादुर ढकाल, देवीसरा चालिसे र नरहरि गौतम चयन भएका छन् । साधारणसभा ज्येष्ठ नागरिक जिल्ला संघ सुर्खेतका कार्यवाहक अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।