नेपाली सेना : गौरव र चुनौती

                       ध्रुबकुमार अधिकारी

विषय प्रवेश

हामीले शासन व्यवस्थाको इतिहास हेर्ने हो भने राज्य विस्तारको अभिभारा बोक्ने एकमात्र शक्ति सैनिक शक्तिलाई देखिन्छ । विगतमा विकास भन्दा पनि राज्य विस्तार र कर संकलनलाई नै शासन व्यवस्थाको लक्ष्य मानिन्थ्यो । नेपालमा पनि सैनिक शक्तिको कसरी आरम्भ भएको होला भनेर विभिन्न परिवेशमा प्रश्न उठ्ने गरेको पाइन्छ । विभिन्न प्राप्त स्रोत र अध्ययनका आधारमा वर्तमान चुनौती र अवसरसहित लोकप्रिय र विश्वासिलो सुरक्षा संगठन नेपाली सेनाको इतिहासलाई यहाँ प्रस्तुत गरिएको छ ।

ऐतिहासिक विकासक्रममा नेपाली सेना

विश्व सैनिक अवधारणाको कुरालाई राज्य जत्तिकै पूरानो छ भनेर भनिन्छ । तर आजको नेपाली सेनाको प्रारम्भ तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले थालनी गरेको राज्य विस्तार अभियान र एकिकृत नेपाल राज्यको निर्माणसँगै भएको मानिन्छ । त्यसो त गोर्खा राज्यका संस्थापक एवं पृथ्वीनारायण शाहका पूर्वज द्रव्य शाहले वि.सं. १६१६ मा भागिरथ पन्तको सेनापतिŒवमा स्थापित सेनालाई नै राजा पृथ्वीनारायण शाहले निरन्तरता दिएका हुन् भन्ने भनाई पनि छ । खास गरी पृथ्वीनारायण पूर्व र उनको समयसम्म पनि तिलंगना भनिने गोर्खाली सेनामा अस्थायी सेवालाई मिलिसिया भनिन्थ्यो, झारा सैनिक जसलाई खेताला सेना भनिन्थ्यो, कुरूवा सेना जसले महत्वपूर्ण स्थानको निम्ति बसाल्ने गरिन्थ्यो ।

त्यसबेलासम्म गोर्खाली सैनिकसँग परम्परागत र घरेलु प्रकृतिका हतियार मात्रै थिए । खास गरी खुकुरी, खुँडा, भाला, बन्चरो, तरबार, छुरी, कटारी, फर्सा, त्रिसुल, सुइरो, झिर, धनुर्वाणको प्रयोग हुन्थ्यो । यस्तो अवस्थालाई वि.सं. १८०९ को अन्त्यतिर भएको पृथ्वीनारायण शाहको भारतको बनारसको यात्रामा उनले किनेको बन्दुक र बारूद जस्ता आधुनिक हतियारले परिवर्तन ग¥यो । त्यतिखेर पृथ्वीनारायण शाहले नयाँ प्रकारका हतियार मात्र किनेनन् कि यस्ता हतियार बनाउन सक्ने तीनजना मुसलमान कालिगढ समेत साथमा ल्याए । यिनै कालिगढले गोर्खामा नै सानोतिनो हतियार कारखानाको थालनी गरे । यसै क्रममा सन् १७६२ मा मकवानपुर गढी हमला गर्न आएका बंगालका नवाव मिर कासिमका सेनापति गुरगिन खाँलाई गोर्खाली सेनाले पराजित गर्दा तिनले छाडेका पाँच सय बन्दुक, तोप र केही मात्रामा गोला बारूदसमेत प्राप्त भएको थियो । यसको केहीवर्ष पछि सन् १९६७ सिन्धुलीगढीमा अँग्रेज सेनाका क्याप्टेन किनलोकको समूहलाई पनि गोर्खाली सेनाले धपाएको थियो । त्यसपटक पनि गोर्खाली सेनाले अँग्रेजहरूबाट हातहतियार खोस्न सफल भएका थिए । यिनै विभिन्न स्रोतहरूबाट उपलब्ध युद्ध सामग्रीको प्रयोगबाट समेत तत्कालिन गोर्खाली सेनाले आफ्ना प्रतिस्पर्धि र समकालिन अन्य राज्यका सेना भन्दा आफूलाई प्रभावशाली बनाउनुका साथै विभिन्न कम्पनीहरूमा समेत वर्गीकृत र संगठित भएर नयाँ ढंगले प्रस्तुत देखिन्छ । गोर्खाली सेनाको यस स्वरूपलाई शक्तिशाली मुक्तियार वा प्रधानमन्त्री भिमसेन थापाले आफ्ना कार्यकालमा थप आधुनिकता र नयाँ रूप दिए । खासगरी यस अवधिमा परम्परागत संगठन ढाँचा र कार्यशैलीमा परिवर्तन गर्दै प्रश्चात्य शैलीमा दर्जा पदवीहरूको नामाकरण, सम्मान, पोशाक, आधुनिक प्रकारको सिपाही बस्ने छाउनी आदिको प्रबन्ध भएको पाइन्छ । पृथ्वीनारायण शाहको समयदेखि नै राजा वा राजा नावालक हुँदा उनको नायवी वा राजा प्रतिनिधिको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहँदै आएको नेपाली सेना प्रधानमन्त्री भिमसेन थापाको समयदेखि बदलिएको छ ।

मुख्तियार वा प्रधानमन्त्री भिमसेन थापा इतिहासमा पहिलो कमान्डर–इन–चिफ बनेका हुन् । भिमसेन थापाले मुलुकको कार्यकारी प्रमुखसँग जोडेको यो सैनिक सम्बन्ध खास गरी प्रधानमन्त्री जंगबहादुर राणा मुलुकको सरकार प्रमुख र कार्यकारी प्रमुख बनेपछि नेपालको प्रधानमन्त्री नै सेनाको सर्वाधिकार सम्पन्न प्रमुख सर्वोच्च सेनाधिपति बन्ने प्रचलन प्रारम्भ भयो । वि.सं. २००७ को राजनैतिक परिवर्तन सँगै यसमा पनि परिवर्तन आएको हो । तर २००७ सालको परिवर्तन पछि पुन राजाको मातहतमा नै सेनालाई पु¥याइएको हो । यस परिपाटीलाई २०१५ सालको संविधान अनुरूप भएको संसदको निर्वाचनद्वारा गठित पहिलो निर्वाचित सरकारले समेत बदल्न सकेन । राजासँग मतभेद हुँदा त्यसबेलाका निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई राजाको आदेशमा सैनिक अधिकारीहरूले नै गिरफ्तार गरेर यसपछिको तिस वर्ष सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले शाह राजाको नियन्त्रणमा नेपाली सेना रहेको देखिन्छ । वि.सं. २०४७ ले खासै परिवर्तन गरेन । तर बृहत जनआन्दोलन २०६३ पछि पुनःस्थापित संसदले नयाँ सैनिक ऐन २०६३ को सेना सम्बन्धी सम्पूर्ण व्यवस्था सँगै सेना सम्बन्धी राजाका सम्पूर्ण अधिकार वैधानिक र व्यवहारिक दुवै हिसाबले प्रधानमन्त्रीमा आएको हो । यसबाट नेपाली सेना आफ्नो स्थापन देखि नै कार्यकारी अधिकार जो सँग स्पष्ट रूपमा छ त्यसैको अधिनमा रहेको देखिन्छ । साथै यसको नाम पनि समय अनुसार परिवर्तन हुँदै आएको छ । प्रारम्भमा राजा पृथ्वीनारायण शाहले सेनालाई तिलंगा भनेको पाइन्छ तर नुवाकोटको विजय सँगै गोर्खाली सेना भन्न थालिएको हो । राजा वीरेन्द्रको कार्यकालमा भएको तत्कालिन पञ्चायती संविधानको दोस्रो संशोधन वि.सं. २०३२ मा शाही नेपाली सेनाको नामले परिचित हुन थाल्यो । पछि वि.सं. २०४७ को संविधानले पनि यसमा कुनै परिवर्तन गरेन । तर बृहत जनआन्दोलन २०६३ द्वारा पुनस्र्थापित संसदले पुनः नेपाली सेनाको रूपमा नामाकरण गरेको हो ।

संवैधानिक लोकतन्त्र स्थापनाका लागि जहाँनिया राणा शासनको अन्त्य गर्दै वि.सं. २००७ मा भएको राजनितिक परिवर्तनले नेपाली सेनाको निरन्तर सञ्चालन र व्यवस्थापन प्रणालीलाई पनि बदल्ने काम ग¥यो । लगत्तै वि.सं. २००९ मा नेपाली सेनाको व्यापक पुर्नगठन गरियो । पूराना केही बिगे्रड र थुप्रै कम्पनीहरू खारेजीमा परे । २००७ सालको क्रान्तिमा नेपाली काँग्रेसद्वारा गठित जनमुक्ति सेनाको पहिलो रक्षा दलका रूपमा पनि र पछि नेपाल प्रहरी बनाए । आंशिक समायोजन भएको मुक्ति सेनाको न्यायपूर्ण व्यवस्थापन र समायोजन हुन सकेन भन्ने भनाइ पनि इतिहासमा भेटिन्छ । केही वर्षको अलमलपछि राजा त्रिभुवनले नै वि.सं.२०१० मा आफू संवैधानिक राष्टाध्यक्ष मात्र नभएर सर्वाधिकार सम्पन्न कार्यकारी प्रमुख समेत भएको घोषणा गरेपछि वि.सं. २००७ सालको परिवर्तन शाह शासनको पुनस्र्थापन हुन पुग्यो । वि.सं. २०१५ सालमा पहिलो पटक भएको संसदको आमनिर्वाचन पछि संसदको अधिवेशन रोकेर राजा महेन्द्रले आँफैले सैनिक ऐन,२०१६ जारी गरेका थिए । यसै क्रममा राजा महेन्द्रले त्यसबखत सम्म प्रचलित नेपाल सरकारलाई संवैधानिक राजतन्त्र भएको बेलायतको अनुशरण गर्ने भन्ने आशवासन दिदै श्री ५ को सरकार बनाए र पछि नेपाली सेनालाई पनि शाही सेनाको नामाकरण गरे । वर्तमान संविधानले नेपाली सेनाको नामाकरणलाई नै तालि बजाएको छ ।

वर्तमान अवस्था

नेपालको वर्तमान संविधानमा पनि नेपालका राष्ट्रपति नै सेनाको परमाधिपति हुने व्यवस्था रहेको छ । प्रधानसेनापति सेनाको कार्यकारी प्रमुख हुने व्यवस्था रहेको छ । सैनिक मुख्यालय नै यसको मुख्य केन्द्र हो । विभिन्न पिएसओ, सैनिक सहायक अड्डा, सैनिक सचिव विभाग, विषयगत विभाग, महा–निर्देशनालय, निर्देशनालय, पृतना, बाहिनी, गण, गुल्म र ब्यारेक सम्ममा राखेर संगठनात्मक रूपमा नेपाली सेनाको व्यवस्थापन गरिएको छ । संख्यात्मक रूपमा अहिले नेपाली सेनाको संख्या नेपालको सन्दर्भमा अलि बढी नै हो । यति सानो देशमा करीब एक लाख हाराहारीमा सेना हुनु भनेको त्यति शोभनिय मानिदैन । तसर्थ यसको संख्यामा कटौती गरी बरू बदलिदो विश्व तथा क्षेत्रीय परिस्थिति अनुसार हतियार, तालिम र सक्षमतामा आधुनिकिकरण गर्नु सान्दर्भिक हुन सक्छ । गैरसैनिक सुरक्षा विज्ञहरूसँग पनि सहकार्य र सहसम्बन्ध त्यत्तिकै आवश्यक लाग्छ । राष्ट्रिय सुरक्षालाई साझा एजेण्डा बनाउनुदै नेपाली सेनाको सक्दो सहयोग लिन सके फाइदा हुन्छ । नेपाली सेनाको अविस्मरणिय बहुयोगदानमा पनि रहेको छ ।

बहुयोगदानमा नेपाली सेना

विगतका विभिन्न युद्धमा नेपाली सेनाले देखाएको साहस, वीरता, समर्पण, धैर्यता र विजयबाट प्रभावित भएर ब्रिटिस इस्ट इण्डिया कम्पनीले सुगौलि सन्धिपछि नेपालीहरूलाई पनि आफ्नो सेनामा भर्ती गर्दै गोर्खा रेजिमेन्टको रूपमा स्थापित गरेको गहकिलो इतिहास छ । नेपाली सेनाले राष्ट्रिय अमूल्य निधिहरू जस्तै विद्युत, टेलिफोन स्टेसन, ऐतिहासिक गढी दरवार, राष्टिय निकुञ्जहरूको सुरक्षा गरिरहेको सर्वविदितै छ । प्राकृतिक प्रकोपमा नेपाली सेना चौविसै घण्टा खट्छ । नेपाली सेनाले नेपालको सगरमाथाको शिर झुक्न दिएको छैन । नेपालमा आन्तरिक द्वन्द्वको अवस्थामा पनि कालिकोटको पिलीमा बाटो निर्माण गर्ने बेलामा पनि धेरै नेपाली आमाका सपुतले ज्यान गुमाएको याद छ । तर कत्ति पनि विचलित नभएर राष्ट र नेपाली जनतालाई शिरोपर गरी कार्य पूरा गरेरै छोडेको हो । वि.सं. २०३१ सालमा पश्चिम नेपालको मुस्ताङ जिल्लामा भड्किएको खम्पा बिद्रोह नियन्त्रण गर्न र वि.सं.२०५८ देखि २०६२ सम्म आन्तरिक द्वन्द्वमा रहेको बेला पनि नेपाली सेना शान्ती र सुरक्षामा लागेको इतिहास हाम्रा सामु छर्लङग छ । नेपाली सेना स्वच्छता, पवित्रतामा नेपालका नदी गण्डकी, कोशी, कर्णाली जस्तै कञ्चन हुनु आवश्यक छ । कसैको कुनै दबाब र प्रभावमा कहिल्यै नपरोस् भन्ने जनचाहाना छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति र राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था रहेको छ । या त लेबनान होस्, या हाइटी, या नेपाली गौरब र नेपालीको शानलाई सगरमाथा माथि पु¥याउने एक मात्र संगठन नेपाली सेना भएको यथार्थतालाई किमार्थ बिर्सन सकिदैन । नेपाली सेनाले देशभित्र लडेको लडा“इ मिरकाशिम विरूद्धको लडाइ वि.सं. १८२०, किनलोकसँग पौवागढीको लडाइ १८२४, नेपाल अंग्रेजबीचको युद्ध १८७१, नेपाली सेनाले लडेका बाह्य युद्धहरू भारतीय सिपाही विद्रोह दमन वि.सं. १९१०, प्रथम र दितिय विश्वयुद्ध १९७१–७५, अफगान युद्ध अंग्रेजको पक्षमा, हैदराबाद समनमा लडाइ, सयुुक्त राष्ट्रसंघीय शान्ती सेनामा गरेको नेपाली सेनाको योगदानलाई कसैले पनि भुल्न सक्दैन ।

उपसंहार

नेपाली सेनाले राष्ट्रिय सुरक्षा व्यवस्थापन, शान्ती सेनाको मिसनमा रहेर, नेपालको आन्तरिक प्राकृतिक प्रकोप र घटना व्यवस्थापनमा खटेर, विभिन्न महा–विद्यालयहरूमा पठन–पाठन गराएर, अपराध नियन्त्रण गरेर महŒवपूर्ण योगदान पु¥याएको छ । यसलाई आधुनिकीकरण गरी यस भित्रका उच्च तहका सैनिक अधिकारीहरूले अझै पारदर्शी भएर संगठन चलाएमा र आधुनिकीकरण गरी आधुनिक प्रविधि र तालिमसँग परिचित भइ कार्य गरेमा अझै यसको साख र गरिमा बढ्ने निश्चित देखिन्छ ।

(लेखक अमरज्योती नमूना माध्यमिक विद्यालय नेवारेमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   १७ कार्तिक २०७६, आईतवार १०:०३