उपेन्द्र यादवलाई सुर्खेतमा कालो झण्डा

सुर्खेत, २० चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुर्खेतमा कालोझण्डा देखाइएको छ । पार्टीको खसान प्रदेशको समायोजन भेलाका लागि सुर्खेत आएका यादवलाई शनिवार युवा संघ र वाइसिएलका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका छन् ।
वीरेन्द्रनगरको होटल भ्याली भ्यूमा खाना खान बसेका यादव भएको ठाउँमा पुगेर युवाहरुले यादवविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन । उनीहरुले ‘देशद्रोही देश छोड, राष्ट्रघाती मुर्दावाद’ भन्दै नाराबाजी समेत गरेका थिए ।