शिक्षकलाई प्रशिक्षण

सुर्खेत : नेपाल शिक्षक संघ कर्णाली प्रदेशले महिला नेतृत्व क्षमता विकास सम्बन्धित प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको छ । कर्णाली प्रदेशका दश जिल्लाका महिला शिक्षक संघका उपाध्यक्षहरूको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको बुधवार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले उद्घाटन गरेका हुन् । नेता थानीले क्षमता विकास प्रशिक्षणले महिलाको क्षमता विकासमा महŒवपूर्ण योगदान दिने बताए । पुर्वमन्त्री समेत रहेका थानीले पाटीको बलियो खम्बा नै शिक्षक संघ भएको भन्दै यसलाई अझ मजबुद बनाउन तर्फ लाग्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय महासचिव लक्ष्मीकिशोर सुवेदीले नेपाली शिक्षकहरूमा सबै भन्दा बलियो संस्था शिक्षक संघ नै भएको दावी गर्दै यसलाई अझ मजबुद बनाएर लैजाने बताए । उनले काँग्रेसलाई बलियो बनाउन शिक्षक संघले विद्यालयदेखि गाँउघरसम्म आफ्नो सक्रियता बढाउनतर्फ लागि परेको उल्लेख गरे ।

प्रकाशित मितिः   ७ कार्तिक २०७६, बिहीबार ०९:०९