मुुसुमले गर्यो आईआईएमसँग सम्झौता

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) र भारतको ईन्डियन ईन्ष्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम–इंदौर) बीच सम्झौता भएको छ । शिक्षण पद्धतिलाई बढवा दिने उद्देश्यले उक्त सम्झौता गरिएको मध्यपरिश्चमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसुम) का निर्देशक डा. सुशीलकुमार शाहीले जानकारी दिए ।
मुसुमकातर्फबाट निर्देश शाही र आईआईएमका निर्देशक हिमांशु रायले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौताले दुवै देशका शिक्षण संस्थाहरूलाई फाईदा हुने समेत शाहीले बताए । ‘सम्झौताले हामीहरूलाई धेरै फाईदा छ’ उनले भने ‘हाम्रा विद्यार्थीहरू भारतको ईन्डियन ईन्ष्टिच्युड अफ म्यानेजमेन्ट (आईआईएम) मा गई त्यहाँको कक्षा लिन सक्ने गरी सम्झौता भएको छ ।’ त्यति मात्रै नभई साझेदारीमा अध्ययन–अनुसन्धानमा सहकार्य सहमति भएको छ ।

भिडियो मार्फत विभिन्न क्लास समेत उक्त ईन्ष्च्यिुडले दिने र त्यहाँबाट समेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरू आउने शाहीले जानकारी दिए । भारत सरकारको ठुलो लगानीमा स्थापना भएको ईन्डियन ईन्ष्टिच्युट अफ म्यानेजमेन्ट महंगो भएपनि मुसुमलाई भने निशुल्क र सशुल्क गर्ने सम्झौता भएको छ । मुसुमको लागि र सम्पुर्ण विद्यार्थीहरूका लागि शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने यो सुनौलो अवसर समेत भएको उनले बताए । दुबै पक्षको सम्झौता भएको मितिदेखि नै कार्यक्रम लागु भएकोले अबको एक महिनाबाट भने विद्यार्थीहरू भिजिटमा जाने तथा विभिन्न कक्षाहरू सञ्चालन हुने शाहीले जानकारी दिए ।