महरा पाँच दिन थुनामा

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कार्तिक दुई गतेदेखि लागू हुने गरी पाँच दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक सात दिनको म्याद मागे पनि अदालतले पाँच दिनमात्र दिएको हो ।

उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकै कारण बयान दिन नसक्ने उनले बताएका थिए ।

प्रकाशित मितिः   ४ कार्तिक २०७६, सोमबार ०९:२५