हरियो हिराको साधारणसभा

सुर्खेत : हरीयो हिरा कृषि तथा जडिबुटी विकास सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष कर्णबहादुर बुढाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाका कोषाध्यक्ष चन्द्रा आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष दश करोड १५ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको जानकारी दिईन । साथै आर्थिक वर्ष २०७६/०७७ मा १५ करोड १९ लाख ४८ हजार कारोबारको प्रस्तावित बजेट पनि प्रस्तुत गरेकी थिईन ।

संस्थाको लेखा समितिको वार्षिक प्रतिवेदन लेखा समिति संयोजक गोकर्ण पौडेलले प्रस्तुत गरेका थिए भने लेखा परिक्षण प्रतिवेदन संस्थाका व्यवस्थापक ढकबहादुर बुढाले पेश गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहाल, वीरेन्द्रनगर–२ का वडाअध्यक्ष बलबहादुर रोकाय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २७ आश्विन २०७६, सोमबार १२:१३