बुलबुलेमा सार्वजनिक शौचालय

सुर्खेत : बुलबुले उद्यानमा अत्याधुनिक शौचालय सञ्चालनमा आएको छ । स्वास्थ्य र स्वच्छता विकासको लागि नगर सरसफाइ कार्यक्रम अन्तर्गत एस.एन.भी. नेपालको आर्थिक सहयोग, सुन्दर नेपाल संस्थाको सहजीकरण एवम् वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उपत्यका नगर विकास समितिको समन्वयमा बुलबुलेमा दुई वटा सार्वजनिक शौचालय निर्माण गरिएको हो ।

निर्माण गरिएका शौचालय बिहीवार सुर्खेत उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिएको छ । उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणका लागि एक करोड नौ लाख ६९ हजार रूपैयाँ खर्च भएको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद क“डेलले जानकारी दिए । एस.एन.भी. नेपालका सल्लाहकार लेकविक्रम शाहले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख एवम् सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष देवकुमार सुवेदीलाई सार्वजनिक शौचालय हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः   १७ आश्विन २०७६, शुक्रबार ११:२०