भेरी नदीमा डुबेर एक जनाको मृत्यु
सल्यान : सल्यानमा माछा मार्न गएका एक व्यक्तिको भेरी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट शिवालय गाउँपालिका–९ रातामाटाका अन्दाजी ५३ वर्षीय डबले बादी रहेका छन् ।
आइतवार दिउँसो घरबाट माछा मार्न गएका वादीलाई भेरी नदीले बगाएको थियो । उनको शव सोमवार वनगाड कुपिण्डे नगरपालिका–२ गोरुघाट नजिकै फेला परेको मृतकका भाइ टोपबहादुर वादीले जानकारी दिए । जाजरकोटको छेडागाटबाट डुबेका वादी झण्डै १२ किलोमिटर गोरुघाटमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रकाशित मितिः १४ आश्विन २०७६, मंगलवार १३:५०
साझा बिसौनी ।