हुलाक दिवसमा रक्तदान

सुर्खेत : ५०औं विश्व हुलाक दिवसको अवसर पारेर सुर्खेतमा रक्तदान कार्यक्रम गरिएको छ । हुलाक निर्देशनालय सुर्खेतको आयोजनामा सोमवार वीरेन्द्रनगरमा रक्तदान गरिएको हो ।

निर्देशनालय अन्तर्गतको डाँक व्यवस्थापन शाखामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको प्राविधिक सहयोगमा १० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा धु्रवप्रसाद देवकोटा, प्रेमबहादुर शाही, भुपेन्द्र भण्डारी, दिव्यराज खड्का, दिपक गौतम, भरत वि.क., राजु सिंह, विनोदकुमार ढकाल, जनक शर्मा र समुन्द्र शाही रहेका छन् । विश्व हुलाक दिवस असोज २२ गते भए पनि उक्त दिन सार्वजनिक बिदा हुने भएकाले त्यस अघि नै विविध कार्यक्रम गरी दिवस मनाइएको हो । बुधवार कार्यालय सरसफाइ तथा माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, १५ गते बिहान बजार परिक्रमा गरी निर्देशनालयमा पुरस्कार वितरण गरिने जनाइएको छ ।

Loading...