विप्लव समूहबाछटकुटिए अधिकृत

मुगु : कामको शिलशिलामा सदरमुकाम गमगढीदेखि कार्यक्षेत्र सोरु गाउँपालिका जाँदै गरेका एक जना अधिकृतलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कुटपिट गरेका छन् । सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि कुटपिट भएको हो ।

विप्लवका कार्यकर्ताले कुटपिट गरेपछि उनलाई उपचारका लागि सदरमुकाम गमगढी ल्याइएको थियो । टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि नेपालगन्ज रिफर गरिएपछि हेलिकोप्टरबाट त्यसतर्फ लगिएको छ । सोमवार गमगढीदेखि सोरु गाउँपालिका कार्यालय सोरुकोटतर्फ जाँदै गरेका उपाध्यायमाथि विप्लव समूहका कार्यकर्ताले सोरु गाउँपालिका–६ तारापानीमा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

घटनाको जानकारी आएलगत्तै कुटपिट गर्नेहरूको खोजीका लागि प्रहरीचौकी कालै र जिल्लाबाट टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । सिटी स्क्यान सुविधा मुगुमा नभएकाले चोटबारे केही भन्न नमिल्ने साहले बताए । उनलाई थप उपचारका लागि नेपालगन्ज
लगिएको छ ।

Loading...