केन्द्रीय सदस्यमा खड्का

सुर्खेत : सुर्खेतका व्यवसायी पदम खड्का नेपाल क्रिकेट संघ(क्यान)को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । क्यानको शनिवार सम्पन्न विशेष साधारणसभाबाट खड्का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
खड्का जिल्ला क्रिकेट संघ सुर्खेतका पूर्व अध्यक्ष हुन् । उनले लामो समय जिल्ला क्रिकेट संघलाई नेतृत्व गरेका थिए । सुर्खेतको क्रिकेट विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेका उनले अब कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन गरेको झण्डै साढे तीन वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिवार सम्पन्न विशेष साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो ।
प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार १३:१५
साझा बिसौनी ।