‘सूचनालाई प्रविधिमैत्री बनाउनुपछर्’

सुर्खेत : सूचनालाई प्रविधिमैत्री बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । शनिवार सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसको अवसर पारी फ्रिडम फोरम र कर्णाली फाउण्डेशनको संयुक्त आयोजनामा गरिएको संवाद कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख शेषनारायण पौडेलले सूचनालाई प्रविधिमैत्री बनाउन सके सबैले सहज रूपमा सूचना प्रयोग गर्ने बताए । उनले सूचनाको हकले भ्रष्टाचारलाई न्यूनीकरण गर्ने भएकोले सूचना लुकाउन नहुने बताए । सूचना गोप्य राख्ने प्रवृत्ति सार्वजनिक निकायहरूमा आज पनि भएकोले गोप्य रूपमा राखेको सूचना आफैलाई भारी पर्ने भन्दै कार्यालयको सूचना सार्वजनिक हुनुपर्ने पौडेलको भनाइ रहेको थियो ।

कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णाली प्रदेशमा सूचनाको हकलाई स्थापित गर्नको लागि आफू प्रतिबद्ध रहेको बताए । उनले कुनै पनि सूचनाको कारण कर्णाली प्रदेशका जनतालाई अप्ठ्यारो पर्न नहुने बताउँदै सूचना लिने अधिकार सबै नागरिकलाई भएको बताए । उनले सूचनाको सही प्रयोग गर्न समेत सबैलाई आग्रह गरे । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकेले सूचना लुकाउनुपर्ने कारण नै नभएको बताए । उनले सूचना भनेको पत्रकार र सरकारको बीचको मात्रै कुरा जस्तो भएकोले यसलाई नागरिकसम्म पु¥याउनुपर्ने धारणा राखेका थिए । सरकारले छुट्ै सुचना अधिकारीको दरबन्दी नै निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यसो गरे सूचनाको हकको सही प्रयोग हुने जिकिर गरे ।   कार्यक्रममा सहभागी अधिकांश पत्रकारहरूले कर्णाली प्रदेशका सार्वजनिक निकायहरूबाट सूचना लिन सहज नभएको गुनासो गरेका थिए ।

प्रकाशित मितिः   १२ आश्विन २०७६, आईतवार १३:१०