मार्सी संरक्षणमा विज्ञको चासो

जुम्ला : जुम्लाको मार्सी धान संरक्षणका लागि प्रयास थालिएको छ । मार्सी धानको महŒव बचाई राख्न, धानको उत्पादन वृद्धि र संरक्षणका लागि यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ टोलीले विशेष चासो दिदै अनुसन्धान गर्न जुम्ला पुगेको हो  जुम्लामा उत्पादन हुने रैथाने बाली उत्पादन तथा संरक्षण गर्ने उद्देश्यले विज्ञको टोली यति बेलाको समयमा जुम्ला पुगेको हो । पछिल्लो समयमा जुम्लामा रैथाने बाली उत्पादनको केन्द्र हो भन्ने शब्द सबैको मुख–मुखमा झुन्डिएको शब्द हो । तर परापूर्वकालदेखि उत्पादन हुँदै आएको रैथाने बाली विकासे बालीको प्रभावले गर्दा लोप हुने खतरामा रहेको विज्ञहरूको भनाइ छ ।

जलवायु परिवर्तन कारण स्थानीय बालीमा लाग्ने रोगकिरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि ल्याउने लक्ष्यका साथ लिबोर्ड जुम्लाले स्थानिय धान बाली र सिमी बालीको संरक्षण गर्दै आएको छ । जुम्लामा विगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा बीउ बैंकको रूपमा काम गर्दै आएको छ । जैविक विविधता अनुसन्धान तथा विकासको स्थानीय पहल लिबोर्डले कृषिका क्षेत्रमा गर्दै आएको कार्य प्रगतिका बारेमा इथुपिया, इटली पोखरी लमजुङको विज्ञ टोली जुम्लामा पुगेर अनुगमन तथा अनुसन्धान गरेको हो । जिन बैंक नेपालका डा. कृष्णहरि घिमिरेले भने, जिन बैंककले स्थानीय बाली संरक्षण गरी कृषिका क्षेत्रमा लागेका किसानलाई प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् उनले भने ।

प्रकाशित मितिः   १२ आश्विन २०७६, आईतवार १३:०९