सुर्खेत : गैरसरकारी संस्था महासंघ नेपालको कर्णाली प्रदेश समिति अध्यक्षमा हरिप्रसाद अधिकारी चयन भएका छन् । महासंघको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो साधारणसभाले अधिकारीको अध्यक्षतामा सर्वसम्मत् नयाँ नेतृत्व चयन गरेको हो । महासंघको सचिवमा चन्द्रप्रसाद शर्मा, उप–सचिवमा हरिप्रसाद शर्मा चयन भएका छन् भने सदस्यहरूमा रामविक्रम शाह, खड्कबहादुर दमाई, यज्ञ विकलाई चयन गरिएको छ ।

सभाले जिल्ला शाखाहरूको क्षमता विकास गर्ने, कर्णाली प्रदेशका स्थानीय तहमा समन्वय समिति गठन गर्ने, जिल्लाहरूमा घुम्ती बैठक गर्ने लगायतका निर्णय गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय सचिव डिल्लुप्रसाद घिमिरे, केन्द्रीय सदस्य दिपेन्द्र डिसी, प्रदेश इन्चार्ज खिमबहादुर शाही, सह–इन्चार्ज कृष्णकला शाही लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ११ आश्विन २०७६, शनिबार १८:०४