स्वास्थ्य शिविर हुँदै

सुर्खेत : वीरेन्द्रनगरमा मधुमेह, थाइराइड तथा हर्मोनरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ । सुर्खेतस्थित सम्पूर्ण लायन्स क्लब तथा सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा बुधवारदेखि शिविर सञ्चालन गर्न लागिएको हो ।

दुई दिनसम्म सञ्चालन गरिने शिविरमा मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ डा. अंशुमाली जोशीले स्वास्थ्य जाँच र प्रशिक्षण गर्ने सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवम् शिविर समितिका संयोजक भद्र भण्डारीले जानकारी दिए । उनकाअनुसार शिविर संघको कार्यालयमै आयोजना गरिने छ । शिविरमा स्वास्थ्य जाँच गर्न चाहने बिरामीहरूले संघको कार्यालयमै नाम दर्ता गर्न सक्ने भण्डारीले बताए । शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी समस्या भएका बिरामीहरूले मात्र सहभागी हुन भण्डारीले आग्रह गरे ।

बिरामीलाई १० दिनसम्मको औषधि तथा रगत–सुगर निःशुल्क परीक्षण गरिनेछ । शिविरमा कम्तीमा पाँचसय बिरामीहरूको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको भण्डारीको भनाइ छ । शिविरमा प्राविधिक सहयोगमा काठमाडौं डाईबिटिज एण्ड थाइराईड सेन्टर, अल्का अस्पताल, शुभकामना पोलिक्लिनिक र नेपाल मेडिकल एशोसिएसनले गर्नेछन् ।

प्रकाशित मितिः   ७ आश्विन २०७६, मंगलवार १३:५९