समीक्षा गोष्ठी सम्पन्न

सुर्खेत, २० चैत्र । (साबिस)
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको कर्मचारीहरूको अनुभव आदान–प्रदान तथा कार्य समीक्षा गोष्ठी शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चालु आ.व. २०७२÷०७३ को हालसम्मको प्रगति समीक्षा तथा बाँकी अवधिको लागि रणनीतिक योजना निर्माण समेत गर्ने उद्देश्यले आयोजना भएको उक्त गोष्ठी शुक्रवारदेखि सुरु भएको थियो । 
गोष्ठी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले छोटै समयमा भए पनि उल्लेख्य सफलता हासिल गरेको बताउँदै संस्थाका सपना पूरा गर्न अझ क्रियाशील भएर सबैपक्ष लाग्नुपर्ने बताए । त्यस्तै संस्था अध्यक्ष डम्बरप्रसाद अर्यालले वीरेन्द्रनगरका–४ वटा वडाबाट आफ्नो सेवा सुरु गरेको संस्थाले हाल मध्यपश्चिमका ४ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरेको बताउँदै यसलाई अझ प्रभावकारी र विस्तार गर्न संस्थामा संलग्न कर्मचारीहरूको महŒवपूर्ण भूमिका हुने बताए । 
संस्थाका सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लाका विभिन्न १० वटा स्थानमा रहेका सेवाकेन्द्रमा कार्यरत करिब एक सयभन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको उक्त समीक्षा गोष्ठी कार्यक्रममा शाखा प्रमुख तथा फिल्ड सहायकहरूको प्रस्तुतीकरण रहेको थियो भने तेजप्रसाद पौडेल, किरण बस्नेत, श्यामलाल न्यौपाने र देवेन्द्र सेजुवालले सहजीकरण गरेका थिए । 
संस्था अध्यक्ष डम्बरप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त अनुभव आदान–प्रदान तथा समीक्षा गोष्ठी कार्यक्रममा संस्थाका उपाध्यक्ष देवकुमार सुवेदी, सचिव तथा प्रबन्ध सञ्चालक सुरजप्रसाद पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार ०३:४०