समितिको अगुवाइमा सरसफाइ

सुर्खेत, २० चैत्र । (साबिस)
सुर्खेत उद्योग वाणिज्य संघको संयोजनमा सुरु भएको नगर सरसफाइ अभियान २५ औं हप्ता पूरा भएको छ । ‘वीरेन्द्रनगर हाम्रो स्वच्छ सफा  राम्रो’ भन्ने मूल नाराका साथ असोज ३ गतेदेखि सुरु भएको अभियान २५ औं हप्ता पूरा गरेको हो ।
२५ औं हप्ताको सरसफाइको नेतृत्व संघ अन्तर्गतकै फेन्सी तथा   रेडिमेड वस्तुगत समितिले गरेको छ । बिहान मंगलगढीचौकबाट सुरु भएको सरसफाइ अभियान अघि ट्याङ्करबाट पानी छर्किएपछि सडक र नालामा सरसफाइ गरिएको छ । वीरेन्द्रचौकमा भएको समापन समारोहमा समितिका अध्यक्ष प्रेम पाण्डेले नगर सरसफाइ गर्नु पनि व्यापारी व्यवसायीको दायित्व र जिम्मेवारी भएको बताए । यसै अवसरमा आप्mनो पसल वरपर नियमित सरसफाइ गर्ने थप ६ जना व्यापारीलाई  सम्मान गरिएको छ ।
नमुना कलेक्सनका प्रेम पाण्डे, मंगोलियन कलेक्सनका अजय गुरुङ्ग, एलसी कलेक्सनका लोकबहादुर पन्त, बन्धु हार्डवेयरका गणेश पौडेल, सामसुङ क्याफेका हरि विष्ट र दिनेश होटल एण्ड लजका दिनेश बीसीलाई सम्मान गरिएको हो । नगरपालिकाको संयोजकत्वमा गठित समितिले बनाएको सरसफाइ सम्बन्धी मापदण्ड पूरा गर्ने व्यापारी÷व्यवसायीलाई सम्मान गर्ने गरिएको छ । यसअघि गत पुसको महिनापनि पाँच जना व्यापारीलाई सम्मान गरिएको थियो । यसैगरी बारम्बार मौखिक रूपमा आग्रह गर्दा पनि अटेर गरी जथाभावी फोहोर फाल्ने र पूmटपाथ अतिक्रमण गर्ने सात जनालाई सचेत बनाउन नगरपालिकाले पत्र काट्ने तयारी गरेको छ ।
नियमित रूपमा सरसफाइ पनि नगर्ने र मनपरी फुटपाथ अतिक्रमण नगर्न बारम्बार आग्रह गर्दा पनि सचेत बनाउन पत्र काट्ने तयारी भइरहेको नगरपालिकाका वरिष्ठ सरसफाइ व्यवस्थापक टीका थानीले बताइन् ।
प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार ०३:४१