अग्निरेखा निर्माण

साझा बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
वीरेन्द्रनगर–२१ धुलियाविटस्थित जनता सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका लागि अग्निरेखा निर्माण गरेको छ । शनिवार वन र आवादी बस्तीको बीचबाट अग्निरेखा निर्माण गरिएको हो ।
उक्त कार्यक्रममा जिल्ला वन कार्यालयका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ता र 
स्थानीयवासीहरूको सहभागिता रहेको थियो । गर्मी मौसममा आगलागीको जोखिम बढी हुने भएकाले डढेलो लाग्नबाट वनलाई जोगाउन अग्निरेखा निर्माण गरिएको विष्णुप्रसाद तिवारीले जानकारी दिए ।