प्लाष्टिकमुक्त टोल

साझा बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
वीरेन्द्रनगर नगरपालिका–१६ एकता नगरलाई प्लाष्टिकमुक्त टोल बनाउने अभियान सुरु भएको छ । एकतानगर टोल विकास संस्थाले शनिवार गरेको भेलाले टोललाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गर्ने घोषणा गरेको हो ।
अभियान अन्तर्गत टोलमा रहेका ८० घरधुरीले घरायसी र अन्य कामका लागि समेत अबदेखि प्लाष्टिकका झोला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । आवश्यक कामका लागि अबदेखि कपडाको झोला प्रयोग गरिने टोल विकास संस्थाका अध्यक्ष सन्तबहादुर केसीले बताए । टोलको सरसफाइ र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यो अभियान महŒवपूर्ण हुने नगरपालिकाकी सरसफाइ व्यवस्थापक टीका थानीले बताइन् ।
प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार ०३:५२