शर्माका लागि ५७ हजार सहयोग

सुर्खेत : पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि कोरियामा कार्यरत नेपाली युवाहरूले आर्थिक सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका सुर्खेती युवा टेकबहादुर हमाल रेग्मीको समन्वयमा रकम संकलन गरेर पठाइएको हो ।

विभिन्न व्यक्तिहरूबाट संकलन गरिएको ५७ हजार सात सय ७४ रूपैयाँ हमालका तर्फबाट उनकी श्रीमती रेखा हमालले मंगलवार साझा बिसौनी पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीलाई हस्तान्तरण गरेकी हुन् । जसमा हमालले १३ हजार चार सय ६१, लक्ष्मीनारायण बस्नेतले चार हजार नौ सय तीन तथा प्रदिप नेपाली र टोप लङेली मगरले समान चार हजार आठ सय रूपैयाँ सहयोग गरेका थिए । यस्तै कोरियामा नै रहेका अन्य व्यक्तिहरूबाट थप २९ हजार आठ सय ७ रूपैयाँ संकलन भएको हमालले जानकारी दिए । साझा बिसौनी दैनिकमा कार्यरत शर्माको बोनम्यारो प्रत्यारोपणमा आर्थिक अभाव भएपछि सहयोग संकलन भइरहेको छ । उनको उपचारमा सहयोग पुगोस् भनेर रकम संकलन गरेर पठाइएको उनले बताए ।

प्रकाशित मितिः   १ आश्विन २०७६, बुधबार १३:१३